तपाईँ सुन्दै हुनुहुन्छः

डेढ महिनाको अबधीमा ६८२ चालक कारबाहीमा

डडेल्धुरा – जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महिनाको अवधिमा ६८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ ।

आव २०७६ / ०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस,  ट्रक,  जीप /कार,  ट्र्याक्टर र मोटरसाइकल गरी ६८२ कारवाहीमा परेका हुन ।

ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी रु चार लाख ११ हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । साउनमा ४०० सवारीसाधनबाट रु दुई लाख ३५ हजार ५००, भदौको १५ गतेसम्म २८२ सवारीबाट रु एक लाख ७५ हजार ५०० राजश्व सङ्कलन गरिएको ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी नायब निरीक्षक देवबहादुर खत्रीले बताउनु भएको छ ।

गत आवभन्दा राजश्व सङ्कलनमा समेत वृद्धि भएको जनाएको छ । गत वर्षको तुलनामा यो आवमा डेढ महिनाको अवधिमा रु चार लाखसम्म बढी राजश्व सङ्कलन भएको खत्रीले जानकारी दिनुभएको छ । बताए । पछिल्लो समय सुदूरपश्चिममा सवारी दुर्घटना हुने क्रम बढिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button