तपाईँ सुन्दै हुनुहुन्छः

विपत न्युनीकरणका लागि प्रदेश सरकारको १० वर्षे कार्ययोजना

जनकपुरधाम – प्रदेश नंं २ मा विभिन्न प्रकारको प्राकृतिक प्रकोपको समस्याहरु देखिन थालेपछि त्यसको प्रभावकारी समाधानका लागि प्रदेश नंं २ का सरकारले १० वर्षे रणनीतिक कार्ययोजना तैयार गर्न थालेको छ ।

प्रदेश नंं २ का सरकारले ८ वटै जिल्लामा अहिले जिल्ला स्तरवाट रणनीतिक योजना तैयार गर्नका लागि सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम थालेको छ । प्रदेश नंं २ को आन्तरिक मामिला तथा कानूनमन्त्रालयले सरोकारवाला निकायका सहभागितामा छलफल शुरु गरेको छ ।

विपत जोखिम न्युनिकरण नीति तथा विपत जोखिम व्यवस्थापन कार्ययोजना २०७६–२०८७ अन्तर्गत धनुषा जिल्लाका सरोकारवालाहरुसंग विहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा धनुषा जिल्लामा विपतको समयमा कामकाज गर्ने सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, नेपाल रेडक्रस, स्थानीय सरकारका प्रतिनिधिहरु, पत्रकारहरुको सहभागितामा भएको सो कार्यक्रम धनुषा जिल्लामा गरिनु पर्ने कामकाजका विषयमा बृहत्त छलफल भएको छ ।

खास गरेर प्रदेश नंं २ मा नै अहिले चुरेको विनाश बढेको कारणले नै बाढी, भूक्षय, सुख्खा जस्ता समस्याहरु दिन प्रतिदिन बढन थालेकोले चुरेको संरक्षणमाथि जोड दिईएको छ । यसका साथै शितलहर, अत्यधिक गर्मीका कारणले लु चल्ने, आगलगी हुने जस्ता समस्याहरु भएकाले यसको प्रभावकारी नियन्त्रण तथा व्यवस्थापनको विषयमा सहभागिहरुले लिखित रुपमा नै विचारहरु दिएका थिए ।

कार्यक्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले विपत आउनु पूर्ण, आईसकेपछि तथा विपत सकेपछिको विषयमा गरिनु पर्ने विषयहरुका बारेमा प्रस्तुति गर्नु भएको थियो । साथै हालैको भिषण बाढीपछि जिल्ला प्रशासन कार्यालयले गरेको कामकाजका बारेमा जानकारी लिनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश नंं २ को आन्तरिक मामिला तथा कानूनराज्यमन्त्री सरोज सिंह कुशवाहाले प्रदेश नंं २ का सरकारले प्रदेश नंं २ विपदको दृष्टिकोणले निक्कै जोखिमयुक्त प्रदेश भएका कारणले नै प्रदेश नंं २ का सरकारले १० वर्षे विपत जोखिम न्युनिकरण नीति तथा विपत जोखिम व्यवस्थापन कार्ययोजना तयार पारिरहेको बताउनु भयो ।

कार्यक्रममा धनुषाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहेका थिए । कार्यक्रमको उद्देश्यमाथि मन्त्रालयका शाखा अधिकृत नितु दुवेले प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button