तपाईँ सुन्दै हुनुहुन्छः

नाइजरमा आएको बाढीबाट १ लाख ३० हजार प्रभावित

फाइल फोटो

नाइजर –  अफ्रिकी मुलुक नाइजरमा देशभरी आएको बाढीका कारण १ लाख ३० हजार मानिस प्रभावित भएका छन् ।

यस बाढीका कारण करिब ६० जनाको मृत्यु भइसकेको नाइजर सरकारले जनाएको छ ।

सरकारद्वारा जारी विज्ञप्तिमा बाढीबाट १२ हजार घरमा क्षति पुगेको र दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको जनाइएको छ ।

नाइजरमा पछिल्लो समय राजधानी र दुर्गम क्षेत्रमा भारी वर्षाले नराम्रो असर पारेको छ ।

नाइजरमा गत वर्ष पनि बाढी पहिरोका कारण ५६ जनाको मृत्यु भएको थियो भने करिब दुई लाख व्यक्ति प्रभावित भएका थिए ।
रासस/ एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button