तपाईँ सुन्दै हुनुहुन्छः

हरियाली राजधानी बनाउन त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म वृक्षारोपण गरिने

काठमाडौँ । राजधानीलाई हरियाली बनाउन त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म करिब पाँच सय वृक्षारोपण गरिने भएको छ । महानगरले आज विहान १ सय ६५ वटा विरुवा रोपिएको छ ।

यो अभियानमा सडक खण्डका दुवै किनारामा १५ मिटर दुरीमा वृक्षारोपण गरिने छ । यसरी रोपेका विरुवालाई हुर्काउने र व्यवस्थापन गर्ने सबै महानगरले नेपाली सेनालाई जिम्मा दिएको छ । वृक्षारोपण अभियानको शुभारम्भ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार विहान सुन्धाराबाट गर्नु भएको छ । मेयर शाक्यले हरित शहर बनाउने काठमाडौँ महानगरपालिकाको अभियानअनुसार नै हामीले वृक्षारोपण कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले सार्वजनिक जग्गामा हरियाली पार्क निर्माण गर्नेलगायतका काम तीव्ररुपमा अघि बढाएका े समेत जानकारी दिनुभयो । मेयर शाक्यले यस्तो अभियान ३२ ओटै वडामा केन्द्रित रहेको भन्दै महानगरपालिकाले सार्वजनिक विद्यालयलगायतका स्थानमा पनि वृक्षरोपण गर्ने बताउनुभयो

वृक्षारोपणको अग्रसरता लिएको काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपाली सेना र काठमाडौं महानगरपालिकाका बीचमा सहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका ३ क्षेत्रमा साझेदारीमा आधारित कार्यक्रम सञ्चालनको सम्भावना देखिएको बताउनुभो । ‘यीमध्ये महानगरको केन्द्रीय कार्यालय र नेपाली सेनाको मुख्यालय अगाडि वृक्षारोपण गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य उपचार र शिक्षाको गुणस्तर सुधारका लागि कार्यक्रम छनौट अन्तिम चरणमा पुगेको छ । केही समयको अन्तरालमा नै सार्वजनिक हुने समेत बताउनुभयो ।

त्यसैगरी दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ । यसको व्यवस्थापन नेपाली सेनाले गर्नेछ । महानगरले ५ फिटभन्दा माथिका विरुवामात्रै रोप्ने नीति लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button