तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा लगाइएको गाँजा नष्ट गर्यो

नुवाकोट।जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा लगाइएको एक हजार ९५० बोट गाँजा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काप्mलेका अनुसार अवैध लागुऔषध गाँजा प्रहरीले नष्ट गरेको हो ।

उहाँले नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित सुईचौरमा २५० बोट, बेलकोटगढी नगरपालिका–६ स्थित महादेव खड्कागाउँमा दुई सय बोट, विदुरनगपालिका–१० स्थित दारेगौँडामा एक हजार ५०० गरी जम्मा एक हजार ९५० गाँजाको बोट प्रहरीले नष्ट गरेको जानकारी दिनुभयो ।

उहाँले लागुऔषध दुव्र्यसनीबाट युवायुवतीलाई जोगाउन जिल्लामा प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button