तपाईँ सुन्दै हुनुहुन्छः

आत्माहत्या बढ्दै, एक वर्षमा ४० जनाद्वारा आत्माहत्या

पर्वत– पछिल्लो समय आत्माहत्या समस्याको रुपमा देखिन थालेको छ । पर्वत जिल्लामा पनि आत्माहत्याको दर बढेको छ । आत्माहत्याका पछाडी व्यक्तिको समस्या, पारिवारिक तनाव, प्रेममा धोका, काममा असफलता जस्ता कारण देखिएका छन् ।

जनचेतना बढ्दै गएपनि आत्माहत्या गर्ने क्रम भने घटेको छैन । गत बर्ष मात्रै ४० जनाले आत्महत्या गरेर प्राण त्याग गरेका छन् भने चालु वर्र्ष साउन देखि यता मात्रै चार जनाले आत्महत्या गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार झुण्डिएर मृत्यु हुनेको संख्या एक सय १३ छ भने हाम फालेर १६ र बिष सेवन गरी चार जनाले ज्यान गुमाएका छन् ।

प्रहरी निरिक्षक राजन रायमाझीले आत्महत्या गर्नेमा १० बर्ष उमेर समुहका बालबालिकादेखि युवा युवती र बृद्वबृद्धासम्मका व्यक्तिहरु रहेको बताउनुभयो । गतवर्ष २६ जनाले आत्माहत्या गरेको थिए । गतवर्ष भन्दा यो वर्ष झण्डै आधाले आत्माहत्या गर्ने बढेको कार्यालयले जनाएको छ ।

आत्महत्याको तथ्याङ्क क्रमिक रुपमा बढ्दै गइरहेको छ । गतका बर्षहरुको तुलनामा यसबर्ष आत्महत्या गर्नेको संख्या बढ्ने देखिएको हो । नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएपछि प्रहरीले पनि मुलुकभर आत्महत्या गर्नेको संख्या बढिरहेको जनाएको छ ।

युवा युवतीहरु प्रेम र लागु औषधका कारणबाट आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धानमा पाइएको प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । कतिपय युवा युवतीहरु प्रेममा धोका पाएपछि र प्रेम सम्बन्धमा जोडिएपछि घरपरिवारले नस्विकार्ने र अन्तिम विकल्पका रुपमा आत्महत्यालाई रोज्ने गरेको अर्यालले बताउनुभयो । पारिवारिक समस्या र काममा असफलता भएपछि आत्माहत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button