तपाईँ सुन्दै हुनुहुन्छः

ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको रोकिएको निर्वाचन यही भदौ २८ गते हुने भएको छ । कमिटीको नयाँ नेतृत्व चुन्न सर्वोच्चले चुवानमा लगाएको रोक फुकाएपछि भदौ २० गते हुने भनिएको चुनाव २८ गते हुन लागेको हो । निर्वाचन २८ गते विहान ८ बजेबाट हुने निधो गरिको छ ।

यसअघि, भदौ २० गते तोकिएको निर्वाचन स्थगित गर्न माग गर्दै कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रिटमा सर्वोच्चले भदौ १७ गते अन्तरिम आदेश दिँदै निर्वाचन नगर्न भनेको थियो ।

गत आइतबार दुवै पक्षसँग छलफल गरेपछि न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न नपर्ने फैसला सुनाएको थियो ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका पर्यवेक्षणका साथमा चुनाव हुने बताएका छन् ।

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ मैदानमा छन् । महासचिव पदमा भने उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे र जीवनराम प्यानलबाट निलेन्द्रराज श्रेष्ठ छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button