तपाईँ सुन्दै हुनुहुन्छः

सीपीएलः सन्दिपको सनसनीपूर्ण प्रदर्शन, एकै ओभरमा लिए दुई विकेट

एजेन्सी। क्यारेबियन प्रिमियर लिग अन्तर्गत नेपाली स्पीनर सन्दिप लामिछाने आबद्ध टिम बार्बाडोस ट्राईडेन्ट्स र सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्स बिच भइरहेको खेल बर्षाले रोकिएको छ ।

अस अघि बार्बाडोसले दिएको १८६ रनको लक्ष्य पछ्याइरहेको प्याट्रियोट्सले १५ ओभरमा ७ विकेट गुमाइसकेको छ । बार्बाडोसको प्लेइंग ११ मा परेका सन्दिपले एकै ओभरमा २ विकेट लिएका छन् । उनले आफ्नो तेस्रो ओभर बलिङ गर्दै प्याट्रियोट्सका सम्राह ब्रुक्स र लोरी इभान्सलाई आउट गराएका हुन् ।

यस्तै चाैथाे ओभर बलिङ गर्न आएका उनले एक विकेट लिएका छन् । सन्दिपले कार्लोस बे्रथवेटलाई आफ्नो तेस्रो ओभरमा एलबिडब्लु गराएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button