तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले भोली उज्वेकिस्तानसँग खेल्ने

अजय बम । कीर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगितामा नेपालले भोली उज्वेकिस्तानसँग खेल्नेछ ।

कीर्गिस्तानको काराकोल मैदानमा हुने खेल नेपाली समय अनुसार पौने चार बजेबाट सुरु हुनेछ । पहिलो पटक मिडिल इस्टमा फुटबल प्रतियोगिता खेल्न गएको नेपाली टिम आश्चार्यजनक रुपमा फाइनलमा पुगेको थियो ।

नेपालले पहिलो खेलमा कीर्गिस्तानसँग आठ दुईको जित निकालेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग दुई शुन्यले पराजित भएको थियो । समुहको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई एक शुन्यले हराएको थियो ।

नेपालले तीन खेलमा ६ अंक बनाउँदै फाइनलमा पुगेको हो भने उज्वेकिस्तानले नौ अंक बनाएको थियो ।

दक्षिण एसियाली खेलकुद सागको तयारीका रुपमा रहेको नेपाली महिला टिमले यदि यो उपाधि जितेमा इतिहास बनाउनेछ । नेपाली महिला टिमले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिताको उपाधि जित्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button