तपाईँ सुन्दै हुनुहुन्छः

इजरायली प्रधानमन्त्रीको योजनाको अरब राष्ट्रहरुबाट निन्दा

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पश्चिम किनाराको थप क्षेत्र कब्जा गर्ने योजनाको अरब राष्ट्रहरुले निन्दा गरेका छन ।

प्रधानमन्त्री नेतान्याहुले हिजोमात्र जोर्डन उपत्यकादेखि उत्तरी डेड सी सम्म इजरायली सम्प्रभुता कायम गर्ने घोषणा गर्नुभएको थियो ।

संयुक्त राष्ट्र संघ र प्यालिस्टाइनले इजरायलको पछिल्लो कदम गैर कानूनी भन्दै यो कदमले नयाँ शान्ति वार्ताको सम्भावनालाई प्रभावित पार्ने उल्लेख गरेको छ ।

इजरायलले सन १९६७ देखि पश्चिम किनारा नियन्त्रणमा लिएकोमा प्यालिस्टाइनले भने पश्चि किनारको सबै क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गर्नुपर्ने दावी गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button