तपाईँ सुन्दै हुनुहुन्छः

कृषि ज्ञान केन्द्र झापाको बजेट १० करोड ३५ लाख

भद्रपुर – कृषि ज्ञान केन्द्र झापाले आ. व. ०७६/ ०७७ मा झापाको कृषि क्षेत्रको विकासका लागि १० करोड ३५ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

जिल्ला समन्वय समितिको सभाकक्षमा आज जिल्ला समन्वय सतितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षता एवम् १ नं प्रदेशसभा सदस्य वसन्त बानियाँको प्रमुख आतिथ्यमा आयोजित समारोहमा ज्ञानकेन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नीलकमल सिंहले बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्मुख प्रशासकीय अधिकृतहरु समेतको उपस्थितिमा सार्वजनिक गरिएको बजेट तथा कार्यक्रम अनुसार चालु खर्चतर्फ कृषि कार्यक्रममा ८ करोड ५८ लाख र प्रशासनिकमा १ करोड २६ लाख छुट्याएको छ भने पूँजीगततर्फ ५० लाख खर्च हुने कायाइृलय प्रमुख सिंहले जानकारी दिनुभयो । यस वर्ष कृषि कार्यक्रमतर्फ ४५ वटा क्रियाकलाप गरिने प्रमुख सिंहले बताउनु भयो । विभिन्न किसिमका खेती प्रवद्र्धन, श्रमता अभिबृद्धि, तालिम, गोष्ठी, अनुदान, कृषि औजार वितरण, अनुगमन, भ्रमण, पुरस्कारजस्ता शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

कार्यक्रममा नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधिहरुले केन्द्र र पालिकाहरुबीच समन्वय नहुँदा एकै ठाउँमा एके किसिमको कार्यक्रम सञ्चालन हुने गरेको, एउटै समूह वा व्यक्तिले दुबैतर्फबाट अनुदानलगायतका सुविधा लिइरहेको देखिएकोले केन्द्र र पालिकाहरुबीच समन्वय हुन जरुरी रहेको राय व्यक्त गर्नुभएको थियो ।

१ लाख ५९ हजार ९०२ हेक्टर कूल क्षेत्रफल रहेको झापामा ९८ हजार हेक्टर खेतीयोग्य जमीन रहेको छ भने हाल ९० हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न, तरकारी तथा नगदेबाली लगाइएको तथ्यांक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button