तपाईँ सुन्दै हुनुहुन्छः

मुलुक समृद्ध बन्न निजि क्षेत्र संलग्न हुनुपर्छ : मन्त्री गुरुङ

तनहुँ –  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मुलुक समृद्ध बन्न निजि क्षेत्र संलग्न हुनु पर्ने बताउनु भएको छ ।

मंगलबार दमौलीमा समाधान अस्पतालको उद्घाटन गर्दै उहाले सो कुरा बताउनु भएको हो । ‘समृद्ध नेपाल निर्माण गर्न सरकारले आधार तयार गर्ने हो’ मन्त्री गुरुङले भन्नुभयो ‘ बोलेर, भाषण गरेर मात्रै हुदैन काम गर्नुपर्छ ।’

अरुसँग मागेर समृद्धि आउदैन त्यसैले सकारात्मक सोचका साथ काम गर्नु पर्ने मन्त्री गुरुङ को भनाई थियो  । ‘व्यापार र उत्पादन निजि क्षेत्रले गर्नुपर्छ सरकारले होइन’ मन्त्री गुरुङले भन्नुभयो ‘सरकारले सबैलाई नियमन गर्ने हो ।’ आर्थिक उत्पादनमा सरकार र अर्काको  मुख ताक्ने काम गर्यौ भने समृद्धि हासिल गर्न सकिदैन । त्यसैले अब युवाहरुले  निजि क्षेत्रबाट व्यवसाय शुरु गर्नु  पर्छ  ।

अस्पतालको उद्घाटन समारोहमा बोल्दै समाधान अस्पतालका अध्यक्ष समिम खानले भन्नुभयो,‘ साधारण उपचार गर्दा लाग्ने खर्च घटाउन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको उद्देश्य रहेको छ ।’

त्यस्तै निकट समयमा नै  गाउँ-गाउँमा नि:शुल्क स्वास्थ्य शिविरसमेत संचालन गर्ने उहाँले बताउनुभयो । अहिले अस्पतालमा ३ जना डाक्टर र ८ जना नर्स कार्यरत छन ।

कार्यक्रममा प्रतिनिधि सभाकी सांसद एवं अस्पतालकी सल्लहाकार कलिला खानले गुणस्तरीय स्वास्थ्य आजको आवश्यकता भएको हुँदा निजि क्षेत्रबाट युवाहरुले गरेको प्रयास एकदम राम्रो भएको बताउनुभयो । साथै अस्पतालले गुणस्तरीय र सुलभ उपचार सेवा दिनेमा समेत विश्वस्त रहेको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले युवाको स्वास्थ्य क्षेत्र प्रतिको यो कार्य उत्कृष्ट लागेको भन्दै  अझै धेरै युवाहरु व्यवसायमा आउनुपर्ने बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button