तपाईँ सुन्दै हुनुहुन्छः

आज देशका यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

 

काठमाडौं – आज बुधबार देशका धेरैजसो स्थानको मौसममा बदली हुने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखी मौसम गतिविधि बढ्ने र देशका धेरैजसो स्थानमा पानी पर्ने जनाइएको छ । आज दिउँसो देखी देशका धेरैजसो स्थानको मौसममा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

आज काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको छ । आज देशका पूर्व र मध्य भूभागका केहि स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमबिद्ले जनाएका छन् । त्यस्तै आज पूर्वदेखि पश्चिमसम्मका केहि स्थानमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । आज पहाडी भूभाग केहि स्थानमा पानी पर्ने सम्भावना रहेकोले पहिरो जानसक्ने स्थानमा सतर्कता अपनाउन मौसमबिद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button