स्मार्ट सिटी निर्माण कार्य अघि बढ्याे : मन्त्री बास्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताउनु भएको छ । मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माण कार्य अघि बढाएको स्पष्ट पार्नु भयो ।
ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरमले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको स्मरण गराउनु भयो ।
उहाँले विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा सरकारले आवश्यक पहल गरिरहेको बताउनु भयो । मन्त्री बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्