तपाईँ सुन्दै हुनुहुन्छः

रोनाल्डो एक्लैले ४ गोल गर्दै बनाए नयाँ कीर्तिमान

एजेन्सी। सुपरस्टार क्रिस्टियानो रोनाल्डोले एक्लैले ४ गोल गरे गर्दै युरो कप छनौटमा नयाँ किर्तिमान कायम गरेका छन् ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई ५-१ गोल अन्तरले हराउँदा रोनाल्डो एक्लैले ४ गोल गरेका हुन् ।

खेल शुरु भएको सातौं मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बक्समा लिथुनियाका खेलाडीले ह्यान्ड बेल गरेपछि पोर्चुगलले पोनाल्टी पाएको थियो ।

खेलको २८औं मिनेटमा लिथुनियाका खेलाडी भ्याटाउटासले हेडिङ गोल गर्दै खेल १–१ बनाएपछि पहिलो हाफ बराबरीमा सकियो ।

दोस्रो हाफमा पोर्चुगलले चार गोल थप्यो भने लिथुनियाले एक गोल पनि फर्काउन सकेन । दोस्रो हाफको १५ मिनेटको बीचमा रोलान्डोले ३ गोल गरे । उनले खेलको ६१औं, ६५औं र ७६औं मिनेटमा गोल गरे । उनले ह्याट्रिक बर्नान्डो सिल्भाको पासमा गरेको थिए भने चौथो गोल पनि सिल्भाको क्रस पासमै गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा विलियन कार्भाहालोले गोल गरेपछि खेल पोर्चुगलले ५-१ ले जित्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button