तपाईँ सुन्दै हुनुहुन्छः

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकरको ध्यानाकर्षण गराउनु भएको छ ।
सांसद खगराज अधिकारीले मोतिहारी अम्लेखगन्ज पेट्रोलियम पाइपलाइनको शुरुहातले समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

सांसद प्रदिप गिरीले जनतालाई केन्द्रमा राखेर विकासमो अवधारणा अघि बढाउनु पर्ने उल्लेख गर्नुभयो ।
सांसद अनिलकुमार झाले तराईका बाढी पीडित र डुवान प्रभावितहरुले उचित राहत नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विमलप्रसाद श्रीवास्तवले एसिड प्रहारबाट घाइते वालिकाको उपचारमा आर्थिक सहयोग गर्न र एसिड प्रहार गर्नेलाई कारवाहि गर्न माग गर्नुभयो ।सांसद प्रेम सुवालले डेङ्गु नियन्त्रणका लागि भइरहेको प्रयासका बारेमा स्वास्थ्य मन्त्रीले जानकारी सदनमा जानकारी दिनुपर्ने बताउनुभयो ।

सांसद पार्वती डि सी चौधरीले एनसेल कर प्रकरणमा सर्वोच्च अदालतको फौसला न्यायपूर्ण नभएको उल्लेख गर्नुभयो ।
सांसद आशा विकले पर्यटकिय क्षेत्र खप्तडको विकासका लागि सरकारको ध्यानाकर्षण गर्नभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button