तपाईँ सुन्दै हुनुहुन्छः

चोरी भएको मोटरसाईकल सहित युवक पक्राउ

तुलसीपुर- चोरी भएको मोटरसाईकल सहित प्रहरीले दाङमा एक जनालाई नियन्त्रणमा लिएको छ । रा४प १३२० नम्बरको मोटरसाईकल सहित चोरी गर्ने रोल्पाको रुम्टीगढी गाउँपालिका–९ का प्रविणकुमार बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

बस्नेतलाई घोराही– होलेरी सडक खण्डको दुईखोलीबाट नियन्त्रणमा लिएको थियो । घोराही १३ को मिलन चोकबाट मोटरसाईकल चोरी भएको भन्ने सूचना पाएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button