तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल संवतको ब्यवहारीक प्रयोग र शंखधर संग्राहलय निर्माणमा जोड

भक्तपुर-नेपाल संवतलाई सरकारी कामकाजमा तथा ब्यवहारीक प्रयोगमा ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय विभुति शंखधर साख्वा ः प्रतिष्ठानले आयोजना गरेको नेपाल संवत एवम् राष्ट्रिय शंखधर संग्राहलय बिषयक बृहत् छलफल कार्यक्रममा सरोकारवालाले यसबारे सरकारको ठोस धारणा बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपाल सरकारले शंखधरलाई राष्ट्रिय बिभूतिको रुपमा स्वीकारी सकेको सन्दर्भमा प्रदेश सरकारले आफ्नो तहमा निर्णय गरी नेपाल संवतलाई ब्यवहारीक प्रयोगमा ल्याउन केन्द्र सरकारलाई सिफारीस गर्ने बताउनुभयो ।उहाँले प्रदेश सरकारले नेपाल संवतलाई सरकारी कामकाजमा तथा ब्यवहारीक प्रयोगमा ल्याउन र संग्राहलय निर्माणमा चौतर्फी सहयोगको वातावरण निर्माण गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले देशकै नामबाट प्रचलित नेपाल संवतलाई ब्यवहारीक प्रयोगमा ल्याउन बनाईने समितिमा सबै समुदायका सरोकारवालालाई समेटेर अगि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्वमन्त्री तथा संघीय सांसद महेश बस्नेतले बिक्रम संवत र ईस्वी संवतका तिथीमितिमा समेत तालमेल मिलाएर नेपाल संवतलाई आमजनताले प्रयोग गर्ने बिधी खोज्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पुर्वमन्त्री तथा संघीय सांसद भीमसेनदास प्रधानले शंखधर कुनै जात बिशेषको मात्र नभएको बताउँदै उनलाई नेवार समुदायले आफनो पेवा जस्तो मात्र नबनाएर सबैको साझा बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बिज्ञ तथा प्रतिष्ठानका निबर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले नेपालको संबिधानमा संशोधन गरी नेपाल संवतबारे उल्लेख गर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button