तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वलाई लक्षित गरी देशभर एककिृत सहुलियत मूल्यका पसल सञ्चालनमा

फाइल तस्बिर

काठमाडौँ – सरकारले दशैँ तिहार छठजस्ता चाडपर्व लक्षित गरी आजदेखि देशभर एकिकृत सहुलियत मूल्यका पसल सन्चालनमा ल्याएको छ ।

काठमाडौ रामशाहपथस्थित एकिकृत सहुलियत मूल्यपसलको उद्घाटन गर्नुहुँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उपभोक्ताको सहजता र व्यवस्थित बजारका लागि सहुलियतमूल्यका पसल सन्चालनमा ल्याईएको बताउनुभयो ।

मन्त्री यादवले पर्वहरुको मौका छोपेर बजारमा हुन सक्ने कृत्रिम अभाव, अनियमितता, कालोबजारी जस्ता बेथिति नियन्त्रण गर्न सरकार गंभिर रहेको पनि बताउनुभयो ।

मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले व्यवस्थित बजार निर्माण गरी उपभोक्ताको हित संरक्षण गर्न यस्ता पसल महत्वपूर्ण हुने भएकाले सरकारले यसप्रकारको पसल चाडपर्वलाई लक्षित गरी सन्चालन गर्ने गरेको बताउनुभयो ।

दशैँ तिहार छठजस्ता चाडपर्वमा हुने दैनिक उपभोग्य सामानको आपुर्ति सहज बनाउन र कालोबजारीलाई रोक्न सरकारले केही वर्षयता सञ्चालन गर्दै आएको सहुलियतमूल्यका पसलहरु यस वर्ष पनि काठमाडौ उपत्यकाका ५ स्थानसहित देशभर ७३ स्थानमा राखिएको वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनले बताउनुभयो ।

खाद्य संस्थान, दुग्ध संस्थान र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा सन्चालनमा आएको एकिकृत सहुलियतमूल्यका पसल आगामी कार्तिक १७ गतेसम्म चल्नेछ ।

उक्त पसलमा चामल, तेल, नुन, चिनि, दुध, घ्यू जस्ता दैनिक उपभोग्य वस्तुहरुमा छुट दिईएको वाणिज्य विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button