तपाईँ सुन्दै हुनुहुन्छः

यो बर्षलाई महिला अभियान बर्षको रुपमा मनाउने : मन्त्री थापा

भक्तपुर – महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसा न्यूनिकरण गर्नको लागि यो बर्षलाई महिला अभियान बर्षको रुपमा मनाउने बताउनुभएको छ ।

श्रमजीवी महिला तथा बाल कल्याण परिषद २५औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित ‘महिला क्यान्सर रोग सम्बन्धी प्रशिक्षण कार्यक्रम’मा बोल्दै मन्त्री थापाले २०६३ जेष्ठ १६ गते तत्कालिन संसदबाट ४ वटा विधेयक पास गरी महिलाको हितमा महत्वपुर्ण कदम चालिएको बताउनुभयो ।

उहाँले महिला हिंसाको अन्त्य गर्ने, आमाको नामबाट नागरिकता पाउने, सबै तहमा ३३ प्रतिशत महिलाहरुको सहभागिता हुने आदि महिला अधिकार प्राप्त भएको सम्झनामा आगामी बर्षदेखि जेष्ठ १६ गतेलाई ‘महिला अधिकार दिवस’ को रुपमा मनाउने निर्णय मन्त्रिपरिषद्बाट पारित भएको समेत जानकारी दिनुभयो ।

मन्त्री थापाले खानपिन र जीवनशैलीमा ध्यान पुर्याउन सके क्यान्सरबाट बच्न सकिने विचार व्यक्त गर्नुभयो ।

उहाँले चेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नसके क्यान्सरबाट बच्न र बचाउन टेवा पुग्ने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button