तपाईँ सुन्दै हुनुहुन्छः

दलहरुबीच राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा एकता हुनुपर्छ :उपप्रधानमन्त्री पोखरेल

भक्तपुर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दलहरुबीच राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा एकता हुनुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा रहेको पुननिर्मित ऐतिहासिक अन्नतलिङ्ेश्वर महादेव मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले विकाश गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभएर सबै एक जुट भएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

दलिय द्वन्द्धको धङधङीबाट लिप्त भएकाहरुले मात्र विकाशको विरोध गर्ने उहाँको भनाई थियो ।

सुखी नेपाली समृद्ध  नेपालको राष्ट्रिय आकाक्षा पुरा गर्न सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर काम गरिरहेको बताउनुभयो ।

अहिले विकासका काममा सेवा प्रदायक कार्यालयहरुबीच कतिपय अबस्थामा आवश्यक समन्वय नभएको उल्लेख गर्दै उहाँले सरकारले नीति नियम बनाएर समन्वय गर्दा देखा परेको गाँठो फुकाउने पहल सुरु गरिसकेको बताउनुभयो ।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलले अहिले राज्यका ३ तहका सरकारबीच कर्तब्य र अधिकार बाँडफाँडका कतिपय सन्दर्भमा आपसी समन्वयको अभाव जस्तो देखिए पनि अब ऐन कानुन निर्माण पछि राज्यका तीनै तहले अझै प्रभावकारी काम गर्ने बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्दिर पुननिर्माणमा महत्वपुर्ण सहयोग पुर्याएकोमा पुर्व मन्त्रीद्धय महेश बस्नेत र आनन्दप्रसाद पोखरेललाई सम्मान गरिएको थियो ।

गत २०७२ वैशाख १२ गते गएको महाभूकम्पले क्षति पुगेको मन्दिरको तीन वर्ष तीन महिनापछि पुुन निर्माण सम्पन्न भएको हो ।

मन्दिरको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कार्यक्रम अन्तर्गत एक करोड ६४ लाखको लागतमा पुरातत्व विभागले पुनर्निर्माण गरेको हो । यसैगरी मन्दिरको दुई तहको तामाको छानो ४४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ ।

समाजसेवी कुमार उप्रेतीको व्यक्तिगत सहयोगमा रु ४ लाखको लागतमा मन्दिरको स्वर्ण गजूर प्रतिस्थापन गरिएको कार्यक्रम प्रचारप्रसार उपसमितिका संयोजक रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button