तपाईँ सुन्दै हुनुहुन्छः

उज्वेकिस्तानसँग नेपाल पराजित

काठमाडौं । किर्गीस्तानमा जारी नादेज्दा कप फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएकाे खेलमा नेपाल उज्वेकिस्तानसँग २-० ले पराजित भएको हो ।

पहिलो खेलमा घरेलु टोली किर्गीस्तानलाई ८-२ ले पराजित गर्दै शानदार सुरुवात गरेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसंग पराजित भएको हो । ।

नेपालले खेलको ३४ औं मिनेटमा र ५१ औं मिनेटमा दोस्रो गोल खाएको थियो । बाँकी समयमा नेपालले गोल गर्न नसक्दा हार ब्यहोरेको हो ।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button