तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा भाइरल ज्वरोका विरामी बढे

जाजरकोट –  जाजरकोट जिल्लामा केही दिनयता भाइरल ज्वरोका बिरामी बढ्दै गइरहेका छन् । भाईरल फैलिएपछि जाजरकोट अस्पतालमा विरामीको चाप बढको हो ।

जिल्लाको भेरी नगरपालिका, जुनीचा“दे गाउपालिका, बारेकोट गाउपालिका, नलगाड नगरपालिका लगायतमा भाइरल ज्वरोका विरामी रहेका छन् । दैनिक १ सय ५० बढी भाइरलका विरामी अस्पतालमा उपचारका लागि आउने गरको जाजरकोट अस्पतालका निमित्त प्रमुख डा. केशरजंग कार्कीले बताउनु भएको छ ।

उपचारमा दैनिकजसो आउने अधिकांस बिरामीमा एउटै लक्षण देखिने गरेको छ । अधिकांशलाई ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र खोकी लाग्ने समस्या छ । जिल्ला अस्पतालका साथै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी उत्तिकै बढेका छन् । भाइरल ज्वरोबाट साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

मौषम परिवर्तन, दुषित पानी, बासी खानेकुरा र सरसफाईको कमीले भाइरल ज्वरोको प्रकोप फैलिने गरेको डा. कार्कीको भनाई छ । भाइरलले रोग विरुद्ध लड्ने शक्ति कम्जोर भएका र दम तथा श्वासप्रश्वास सम्बन्धि रोग भएका ब्यक्तिलाई बढी समस्या पार्ने गरेको छ । ताजातातो र पोषिलो तथा झोलिलो खाने कुरा खाने, आराम गर्ने, उमालेर पानी पिउने, नियमित सरसफाईमा ध्यान दिने लगायत कार्य गरेमा भाईरलको प्रकोपबाट बच्न सकिने डा. कार्कीले बताउनु भएको छ ।

जाजरकोट अस्पतालमा औषधी अभाव हु“दा विरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा पुरानो स्टक रहेको औषधी सकिदै गएको र नया“ खरीद गर्न नपाउँदा औषधी अभाव भएको डा. कार्कीले बताउनु भएको छ । त्यस्तै दुर्गम गाउँका स्वास्थ्य संस्थामा पनि औषधी तथा स्वास्थ्यकर्मीको अभाव हु“दा विरामीले उपचार पाउनबाट बन्चित भएका छन । भाइरल प्रभावित विरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजादा न औषधी पाइन्छ, नत स्वास्थ्यकर्मी फेला पर्छन् ।

गाउ/नगरपालिकाले चालु आर्थिक बर्षका लागि औषधी खरीद प्रकृया अघि नबढाउदा यो समस्या भएको हो । औषधी नहुदा विरामीहरु निजी मेडिकलको महङ्गो औषधी किन्न वाध्य भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button