तपाईँ सुन्दै हुनुहुन्छः

अदालतको गेटबाटै हत्कडी खोलि अभियुक्त फरार

सर्लाही । सर्लाहीमा प्रहरी नियन्त्रणमा रहेका एक अभियुक्त फरार भएका छन् । अदालत गेटबाटै हत्कडी खोलि हरिवन नगरपालिका–५, घुर्कौलीका २२ वर्षीय महेन्द्र महतो प्रहरी नियन्त्रणबाट भाग्न सफल भएका छन् । अनुसन्धानका लागि म्याद थप गर्नक लागि महतोलाई अदालत लगिएको थियो । गए साँझ सदरमुकाम मलङ्गवास्थित जिल्ला अदालतको मुख्य गेट अगाडिबाट अभियुक्त महतो फरार भएका प्रहरीले जनाएको छ । छ दिन म्याद थप गरी अदालतबाट ईलाका प्रहरी कार्यालय हरिवनतर्फ ल्याउने क्रममा अर्का एक अभियुक्तसँगै हत्कडी लगाइएका महतो हत्कडी खोलेर फरार भएका हुन् । महतो भदौ २० गते साँझ पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–११, ट्राफिक पोष्ट अगाडिबाट लागुऔषध १४८ पिस नाइट्राजेपाम ट्याबलेटसहित पक्राउ परेका थिए ।
प्रहरी हिरासतबाट फरार महतोको खोजी कार्य तीव्र पारिएको सर्लाहीका प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button