तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिकाद्वारा विद्यार्थी सम्मानित

बनेपा-पनौती नगरपालिकाले शिक्षा शाखाको आयोजनामा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३आँै अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर आइतबार ५६ विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । शाखाले गत शैक्षिक सत्रमा एसइई परीक्षा र आरधारभूत तहको २०७५ मा उत्कृष्ट अङ्क ल्याउन सफल पनौती नगरपालिकाभित्रका सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।

एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल ११ विद्यार्थीलाई नगद रु पाँच हजारका दरले र आधारभूत तह (कक्षा ८)मा उत्कृष्ट अङ्क ल्याउन सफल ४५ विद्यार्थीलाई प्राप्त अङ्कको आधारमा रु एक हजार ५०० र रु एक हजारका दरले नगदसहित सम्मानपत्र प्रदान गरेको छ । सम्मान कार्यक्रममा नगरप्रमुख भीम न्यौपानेले आम विद्यार्थीको प्रोत्साहनस्वरुप सम्मान गरिएको बताउनुभयो ।कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, कर्मचारी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button