तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा ‘रोजगारी पसल’ सञ्चालन

काठमाण्डौ । बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगन्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरूको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खोलिएको संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाले रोजगार पसल शुभारम्भ गर्दै त्यहाँका होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने दक्ष कामदारको माग सहज रूपमा पु¥याउन मेलाले मद्दत गर्ने बताउनुभयो ।

सन् २०१२ मा स्थापना भई काठमाडौँ, इटहरी र पोखराजस्ता शहरमा यस पसलले सेवा प्रदान गर्दै आएको व्यापार प्रबन्धक सञ्जीव निरौलाले बताउनुभयो । हालसम्म देशैभरिबाट एक लाख ५० हजारभन्दा बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएका छन । उक्त पसलमा हाल पाँच हजारभन्दा बढी रोजगारदाता सङ्घसंस्थाले आबद्धता जनाएका छन् । करीब आठ हजारभन्दा बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीमा पसलमार्फत रोजगारी गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button