तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट

काठमाण्डौ । साताको पहिलो दिन आइतवार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहेको छ ।

आइतवार कूल १६५ कम्पनीहरका ११ लाख ७३ हजार ४८८ कित्ता शेयरहरु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो । स्टकका अनुसार आईतवार कारोवार भएक सबै ११ समूहको शेयर ओरालो लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button