२०७८ साल कार्तिक ५ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

७.१ प्रतिशतको आर्थिक वृद्धि हासिलः अर्थमन्त्री खतिवडा

रेडियो नेपाल २०७६ भदौ २२ गते १९:२३

भुवनप्रसाद आचार्य, काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक वृद्धि सकारात्मक भै ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको बताउनु भएको छ ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजको १० औ बार्षिक साधारण सभामा अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसगै मुलुकको काम गर्ने क्षमता पनि बढेको उल्लेख गर्नु भयो ।

मुलुकमा सृजना भएको रोजगारीबाट अरु नै मुलुकहरुले लाभ लिएको कुरा प्यान अनिवार्य गरेपछि खुलिरहेको भन्दै अर्थमन्त्री खतिवडाले भारतका र देशै नचिन्नेहरुले रोजगारी पाइरहेका विषयमा पनि पत्रकारहरुले कलम चलाउन आवश्यक भएकोमा जोड दिनु भयो ।

गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सबै क्षेत्रको सन्तुलित योगदान रहेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले कृषि क्षेत्रको वृद्धि ५ प्रतिशत भन्दा माथी, अरु केहि क्षेत्रको वृद्धि ८ प्रतिशत भन्दा बढी र प्रदेशहरुको आर्थिक वृद्धिदर ८ प्रतिशतको नजिक रहेको पनि उल्लेख गर्नु भयो ।

कतिपय वित्तिय संस्था, सेवा र पुँजी बजारलाई पनि स्थानीय स्तरमा लैजान आवश्यक छ भन्दै अर्थमन्त्री खतिवडाले डेढ बर्षको अवधीमा बैंकका शाखा साढे ६ हजारबाट साढे ८ हजार पुगेको, पाँच वर्षमा ५ प्रतिशतबाट २५ प्रतिशत नागरिक बीमाको दायरामा आएको,७ सय ३५ स्थानीय तहमा बाणिज्य बैंक पुगिसकेका पनि उल्लेख गर्नु भयो ।

वैदेशिक लागनी वृद्धिका लागि एकद्धार प्रणाली कार्यान्वयनमा ल्याएको कानुनहरु पनि संशोधन गरिसकेकाले विदेशी लगानी बढ्नेमा आफू आशावादी रहेको अर्थमन्त्री खतिवडाले बताउनु भयो ।

सम्बन्धित