काठमाडौँ – चिनियाँ ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमणका लागि केहीबेर अघि काठमाडौँ आईपुग्नु भएको छ ।
नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्ला-बेग्लै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग भोली प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्नुहुने छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले भोली चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुने मन्त्रालयले जनाएको छ ।