तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धिचाल प्रतियोगितामा सत्यवती माविका रुचन कायस्थ प्रथम

तनहुँ – जिल्ला बुद्धिचाल संघ तनहुँद्वारा यहि भदौ २० र २१ गते दुई दिन दमौलीमा आयोजित विद्यालय स्तरीय बुद्धिचाल खेलमा सत्यवती माध्यमिक विद्यालयका रुचन कायस्थ प्रथम भएका छन् ।

खेलको ७ रनमा ७ नम्बर ल्याएर कायस्थले प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यसैगरी गोरखकाली आवासिय माध्यमिक विद्यालयका विद्यार्थी विपीन गुरुङ द्धितीय भएका छन् । गुरुङले खेलको ७ रनमा ६ नम्बर ल्याएर द्धितीय र मीन माध्यमिक विद्यालयका सुमन गुरुङले तृतीय स्थान हात पार्न सफल भएका छन् ।

त्यसैगरी राधा माध्यमिक विद्यालयका रोजिन घिमिरे,दमौली मोडल ऐकडेमीका अनिश खड्का र बाराही आवसिय माध्यमिक विद्यालयका सन्तोष पन्थ सान्तवना भएका छन् ।

प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने बिजेताहरुलाई क्रमस नगद रु. पाँच हजार,रु.तीन हजार,रु. दुई हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । सान्तवना विद्यार्थीहरुलाई रु. पाँच सय र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा जिल्लाका एघार वटा विद्यालयका ५५ जना विद्यार्थीहरु सहभागि भएका थिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं विश्व बुद्धिचाल संघ अनुशासन समितिका सदस्य राजेश हरि जोशीले बुद्धिचाल खेल अन्तराष्ट्रिय खेल भएकोले यसको संरक्षण र सम्र्बद्धनमा जोड दिनुपर्ने बताउनुभयो ।

नेपालबाट अन्तराष्ट्रिय स्तरमा खेल्ने जनशक्ति उत्पादन गरेर देशको गौरब बढाउन आवश्यक रहेको उहाँले औल्याउनुभयो । गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष बाबुराम पन्थले बुद्धिचाल खेल सिकेर खेल्न सकेको खण्डमा छिट्टै कुशल खेलाडी बन्न सकिने हुँदा खेलाडीले एक पटक हार्दैमा निराश बन्न नहुने धारण राख्नुभयो । चाहना हुनुपर्छ बुद्धिचाल खेलको लागि ठुलो पुँजी आवश्यक पर्दैन । उहाँले भन्नुभयो बुद्धिचाल खेलको माध्यमबाट दिमागलाई समेत तेजिलो बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

बुद्धिचाल संघका जिल्ला अध्यक्ष भरत पोख्रेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बुद्धिचाल संघका महासचिव हिराकाजी मर्हजन,केन्द्रिय प्रतिनिधी एवं आर्बिटर यज्ञराज पन्त,केन्द्रिय प्रतिनिधी चन्द्रमोहन अधिकारी, बुद्धिचाल संघ कास्कीका प्रथम उपाध्यक्ष अनिल बहादुर कोइराला, जिल्ला बुद्धिचाल संघका निर्वतमान अध्यक्ष रामलाल श्रेष्ठ लगायतका वक्ताहरुले बुद्धिचाल खेल प्रतियोगितालाई जिल्लास्तरीय रुपमा लैजानुपर्नेमा सुझाव दिएका थिए ।

कार्यक्रम संघका सचिव एस.बि. नेपालीले संञ्चालन गर्नुभएको थियो । कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान तनहुँका संरक्षक केशर अधिकारी,जिल्ला सदस्य चेली थापा र नविना थापा बीचको दोहोरी गीतले सहभागि अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button