तपाईँ सुन्दै हुनुहुन्छः

बेरोजगारी समस्याको स्थायी समाधानका लागि प्रविधि शिक्षामा जोड : उप–प्रधानमन्त्री पोखरेल

काठमाडौँ –  उप–प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले बेरोजगारी समस्याको स्थायी समाधानका लागि प्राविधिक र जीवन–उपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षरता दिवसका आवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उप–प्रधानमन्त्री पोखरेलले शिक्षालाई देशको उत्पादन प्रणालीमा जोडेर रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले सार्वजनिक शिक्षाको पहुँच र गुणस्तरमा सुधार गरी चालु आर्थिक वर्षको अन्त्य सम्ममा नेपाललाई पूर्ण साक्षर राष्ट्र घोषणा गर्ने र पन्ध्रौं योजनाको अन्त्य सम्ममा रोजगारीकोे खोजीमा विदेशिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने अठोटका साथ सरकारले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नेपालको शिक्षा प्रणालीको सुधार एवं विकासका लागि सरकार–सहकारी र निजी क्षेत्रको सहभागिता अनिर्वाय रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले निजी र सामुदायिक तथा ग्रामिण क्षेत्र र सहरी क्षेत्रका विद्यालयको शैक्षिक उपलब्धीमा देखिएको अन्तरलाई अन्त्य गर्न सरकारले विशेष योजना र कार्यक्रम ल्याउने तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button