तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान

इटहरी – ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसका अवसरमा इटहरी उपमहानगरले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

इटहरी उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक कार्यक्रमका बिच उत्कृष्ठ विद्यार्थी, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षासेवी, सेवा निवृत शिक्षक लगायतलाई सम्मान गरेको हो । शिक्षासेवी जगदिश ओलीलाई सम्मान गरिएको छ ।

यसैगरी उत्कृष्ठ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राष्ट्रिय मावि इटहरीका अध्यक्ष ज्ञान वहादुर विश्वकर्मा,ज्योति मावि इटहरीका प्रधानाध्यापक भैरव सापकोटा र गोपाल पराजुली जब्दि मावि इटहरीका प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।

त्यसैगरि एसइई २०७५मा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरु दिपेश घिमिरे, स्मिता दनुवार, जेनिसा मिश्र, आशिष दाहाल र सम्पदा निरौलालाई पुरस्कृत गरियो ।

कार्यक्रममा ६ जना अबकास प्राप्त शिक्षक र ९ जना अबकास हुन लागेका शिक्षकलाई सम्मान गरिएको छ । सो अवसरमा शैक्षिक झलक २०७६ विमोचन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज साँवा र उपमहानगर प्रमुख द्धारिकलाल चौधरीले शैक्षिक झलक पुस्तकको लोकापर्ण गर्नुभयो ।  शैक्षिक झलकमा इटहरीको शिक्षा क्षेत्रको सम्पूर्ण जानकारी समेटिएको छ ।

कार्यक्रममा शिक्षा महाशाखा प्रमुख कुमारी अम्विका शाहले इटहरीमा ८६ दशमलव दुई पाँच प्रतिशत साक्षर रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढि वडा नम्वर ६ मा ९४ दशमलव दुई तीन प्रतिशत र सवैभन्दा कम १५ नम्वर वडामा ६४ दशमलव ४ प्रतिशत साक्षर रहेका छन ।

दिवसका अवसरमा विहान इटहरी उपमहानगरमा प्रभातफेरी गरिएको छ । प्रभातफेरीको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले सुरुवात गर्दै देश विकासको मुल आधार शिक्षा नै हो भन्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button