तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोको उच्च जोखिममा जाजरकोटको बगारा बस्ती

जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका ८ को बगारा बस्ती बाढी पहिरोको उच्च जोखिममा परेको छ ।

बस्ती माथि खनिएको जिकुवा हलचौर सडकको कारण ३५ घर जोखिम परेको स्थानीय यज्ञबहादुर रोकायले बताउनु भएको छ । बस्ती माथि भिरालो पाखामा जथाभावी सडक खन्दा बगारा बस्ती बाढी पहिरोको उच्च जोखिममा परेको रोकायले बताउनुभयो ।

गएराति बर्षा धेरै भएर बाढी पहिरो आउँदा बगारा धानखेत ज्युलामा लगाएको धान बाढी पहिरोले परेर क्षेति गरेको छ । बगाराको बस्ती अनेत्र स्थानमा सार्नुको विकल्प नभएको वडा अध्यक्ष गोविन्द्र शाहीले बताउनु भएको छ ।

गत बर्ष बाढी पहिरोले केही घरहरु बगाउनुको साथै बस्तीका घरहरु बाढीले परेको थियो यो बर्ष पनि क्षेति गर्ने देखिएको हुदा स्थानीयलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरेको अध्यक्ष शाहीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button