तपाईँ सुन्दै हुनुहुन्छः

उडिरहेको हेलिकोप्टरबाट सामान खस्यो !

फाइल तस्बिर

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लु विमानस्थलबाट खुम्बुको स्याङबोचेका लागि कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट सामान झरेको स्थानीयले बताएका छन् । उड्दै गरेको हेलिकप्टरबाट फेरामा सामान खसेको हो ।

फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको माइक लिमा कल साइन भएको हेलिकप्टरबाट हेलिकप्टरबाट सिरकलगायतका सामाग्री झरेको स्थानीयले बताए ।

सामाग्री खसेपछि स्थानीयले असुरक्षाको महसुस गरेका छन् । उड्दै गरेको हेलिकप्टरबाट सामाग्री झरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयकोसमेत ध्यानाकर्षण गराएका छन् । लापर्वाहीका कारण सामाग्री झरेको उनीहरुको आरोप छ ।

जिल्ला प्रशासन कार्यालयमा स्थानीयको ध्यानाकर्षण पश्चात् प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामाग्रीहरु ढुवानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने बताउनुभयो । कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने भन्दै यस्ता कार्यमा कम्पनी जिम्मेवार बन्नुपर्ने प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

कैलाश एयरका कर्मचारी विलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार्ने बताउनुभएको छ । ध्यान दिँदादिँदै पनि गल्ती हुन गएको र आउँदा दिनमा यस प्रकारको घटना नदोहोरिने उहाँले बताउनुभयो । हेलिकप्टर क्याप्टेन आशिष शेरचनले उडाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button