तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा बेवारिसे शव फेला

सप्तरी – सप्तरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा एक महिलाको बेवारिसे शव फेला परेको छ । राजगढ गाउँपालिका–१ र डाँकनेश्वरी नगरपालिकाको सीमामा रहेको कजरा नदीमा अन्दाजी ३० वर्षीय महिलाको शव फेला परेको हो ।

नदीमा लडेको रुखको हाँगामा अड्किएको अवस्थामा शरीर भेटिएको र शरीर रहेको स्थानभन्दा करिब २ सय मिटर उत्तर पूर्वमा धानको खेतमा टाउको फेला परेको सप्तरी प्रहरीका सूचना अधिकारी सन्तोष खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार टाउकाको कंकाल मात्रै फेला परेको छ ।

हत्या गरी फालेको हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान शुुरु गरेको प्रहरीले बताएको छ । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button