तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका पुजनको परिवारलाई आर्थिक सहयोग

स्याङ्जा – बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका स्याङ्जाको चिन्नेबासका पुजन कोईरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

स्पेनमा रोजगारी गर्दै आएका कोईरालाको २०७६ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो । काठमाडौँमा बस्दै आएका पुजनकी आमा देवि कोईरालालाई शनिबार वालिङमा जनप्रतिनिधि, पत्रकार, समाजसेवीहरुको सहभागितामा २ लाख २५ हजार ७ सय ५२ रुपैया प्रदान गरिएको हो ।

बेल्जियम स्याङ्जा सम्पर्क समिति र बेल्जियममा रहेका नेपालीको सहयोगमा संकलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाउनुभएको थियो । सो रकमलाई वालिङका वालिङ नगरपालिकाका नगर प्रवक्ता तथा १ का वडा अध्यक्ष र समाजसेवी नेत्रप्रसाद पाण्डेले पुजनकी आमालाई हस्तान्तरण गर्नुभएको हो ।

एक नेपालीलाई दु:ख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले बेल्जियममा रहेका स्याङ्जाबासी तथा नेपालीहरुले पुजनको सम्झनामा रकम संकलन गरेर उदाहरणीय काम गरेको नगर प्रवक्ता काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button