तपाईँ सुन्दै हुनुहुन्छः

टिकापुरबाट नेपालगञ्जतर्फ जादै गरेको बस दुर्घटना, १८ जना घाइते

टिकापुर, कैलाली – टिकापुरबाट नेपालगञ्ज तर्फ जादै गरेको बस टीकापुर–लम्की सडक खण्डको अमौरामा दुर्घटना हुदा चालक सहित १८ जना घाइते भएका छन् ।

घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

ना ४ ख ७९७९ नम्बरको बस बिहान सवा १० बजेतिर अनियन्त्रित भै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button