तपाईँ सुन्दै हुनुहुन्छः

वासपानीको गुरुङ गाउँमा होमस्टे सञ्चालन

पोखरा – तनहुँको भानु नगरपालिका वडा नंं १३ को वासपानी स्थित गुरुङ गाउँमा होमस्टे सञ्चालन गरिएको छ । गुरुङ समुदायएको कला र संस्कृतिको संरक्षण सम्बद्र्वन र प्रवद्र्वन गर्ने उद्देश्य सहित वासपानीमा होमस्टे सञ्चालन गरिएको हो ।

उक्त होमस्टेको शनिवार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गनुभएको हो । उद्घाटन गर्दै मन्त्री लम्सालले पर्यटन प्रवद्र्वनका लागि ग्रामीण होमस्टेको ठुलो भूमिका हुने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले २०१९ लाई आन्तरिक,२०२० लाई छिमेकी २०२२ लाई अन्तराट्रिय पर्यटन भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हुदाँ ग्रामिण क्षेत्रमा रहेका यस्ता होमस्टेले पर्यटकहरुलाई आकर्षित गर्न सक्नुपर्ने बताउनुभयो । होमस्टेको विकासका लागि ग्रामिण क्षेत्रका कला,संस्कृतिहरुको संरक्षणका साथै गाउँमै उत्पादित कृषि उपजको उपभोग गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले होमस्टे बाट स्वरोजगार प्रदान गर्ने तथा गाउँको चहलपहल बढाउनको लागि हाोमस्टेको अवधारण सरकारले अगाडि सारेकोल बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले उत्त होमस्टेको लागि १५ लाख रकम दिएको थियो । उक्त होमस्टे अन्य होमस्टेको तुलनामा पृथ्कखालको छ । त्यहाँको भिन्न कला,संस्कृति,आतिथ्यता तथा भिन्न भिन्न अर्गानिक खानाका परिकारहरुले त्यहाँ पुग्ने जोकोहीँको पनि मन आकर्षण गर्दछ ।

प्रदेश सभा सदस्य राम ब. गुरुङले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासका लागि आफु निरन्तर लागेको बताउनुभयो ।

वासपानी सामुदायीक होमस्टका अध्यक्ष अनिता गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्यहरु सरिता गुरुङ,दोवाटे बिश्कर्मा,जिल्ला समन्वय समितिका तनहुँ सभापति शान्तिरमण वागले,भानु नगरपालिकाका प्रमुख उदयराज गौली,उपप्रमुख आशा थापा लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button