तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ ।

चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा त्रिपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्ती ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

नेपालीका पूर्खाहरुले वैदिक काल देखि नै मान्यजन तथा विद्वत व्यक्तित्वहरुको सानिध्यमा कचहरी,धामिर्क सभा,गुरुकुल शिक्षा जस्ता संस्थाबाट शिक्षाको प्रचार गर्ने गरेको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ । “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विद्वान पुर्खाका सन्तान हामी नेपालीले फेरि ज्ञानगुन, जीवनउपयोगी शिक्षा  र नवप्रवद्र्धनात्मक सोचको विकास गर्नु पर्नेछ
” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

विश्वमा ज्ञानको प्रसार नहुंदै नेपालमा वेदका ऋचाहरुको रचना गरिएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । ज्ञान भूमीको रुपमा नेपाल जुन गतिमा अघि बढ्नु पर्दथ्यो,विगतका शासकहरुको अदुरदर्शीताले अपेक्षाकृत गति समाउन नसकेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । “ज्ञान भूमिको रुपमा नेपाल जुन गतिले अगाडि बढ्नु पर्दथ्यो, विगतमा शासकहरुको अदूरदर्शीताले अपेक्षाकृत गति समाउन सकेन ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ तर अब नेपाल  पछाडि परिरहन सक्दैन । नेपाल तीव्र गतिमा अघि बढ्दछ, विकास र निर्माणका लागि अति आवश्यक नवप्रवद्र्धनात्मक सोचको आधारमा जीवनोपयोगी शिक्षाको विकास सरकारको प्राथमिकतामा रहेको छ । ज्ञान, सीप र प्रविधिलाई उपयोग गर्दै आगामी दिनहरुमा नेपालले शैक्षिक स्तर माथि उठाउनेछ ।”

शिक्षा प्रणालीलाई रोजगारमुलक र प्राविधिक बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड छ । “हाम्रा शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना हैन देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा हुनुपर्दछ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ आधारभूत तहदेखि नै  यही लक्ष्य हासिल गर्न सहायक हुने जनशक्ति तयार गर्ने पाठ्यक्रम लागू गरिनु पर्दछ । ”

प्रधानमन्त्री ओलीले आगामी दुईबर्षसम्म साक्षर नेपाल घोषणा गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button