तपाईँ सुन्दै हुनुहुन्छः

मनाङको  मस्र्याङ्दी नदीमा जिप खस्यो

मनाङ  निर्माण सामग्री बोकेर मनाङको ताल बाट खाङसारका लागि छुटेको वोलेरो जिप शनिबार दिउँसो मनाङको ङिस्याङ गाउँपालिका १ भ्राताङ स्थित मस्र्याङ्दी नदीमा खसेको छ । जिप चालकसहित ५ जना हामफाली बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

प्रहरीका अनुसार ग १ ज ७२४५ नम्बरको उक्त वोलरो जिप  १४ बोरा सिमेन्ट र ६० वटा फलामे पाइप बोकेर खाङसार जाँदै गर्दा दुर्घटनामा परेको हो ।

जिप चालक लमजुङ दोर्दी गाउँपालिका ८ बस्ने २३ वर्र्षीय आनन्द गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी टीकाबहादुर कार्कीले जनाए ।‘सडकबाट जिप खसे पनि यात्रु बाँच्न सफल भएको छ । जिपसँगै खसेको भए कोही बाँच्दैनथे । कसो उनीहरु जिप खस्न लागेपछि हामफालेर जोगिएछन्’ उनले भने, तैपनि हामी अनुसन्धानमा छौं, अनुसन्धानपछि मात्रै घटनाबारे एकीन हुन्छ ।’

जिप पानीको बहावमा रहेको र तत्काल झिक्न नसकिएको अवस्थामा रहेको उनले बताए ।

साँघुरो र अप्ठ्यारो सडक केही उकालोमा व्याक गर्ने क्रममा सवारी दुर्घटना भएको खुलेको डीएसपी कार्कीले बताए । घटनास्थल चामेबाट करिब ७ किलोमिटर पश्चिममा पर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button