तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यू

बर्दिवास । बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ३ मा शनिवार साँझ एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिवास नगरपालिका ३ बस्ने ५० बर्षिय तारा बादी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ । दुर्घटनामा पैदल यात्री सहित एम्वुलेन्समा सवार अन्य ४ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा एम्बुलेन्स चालक बर्दिवास नगरपालिका ३ बस्ने २५ बर्षिय चित्र बहादुर बुढाथोकी, एम्बुलेन्समा सवार सोही स्थान बस्ने १८ बर्षिय उमेश बादी, २१ बर्षिय गंगा बादी र पैदल यात्रु मिथिला नगरपालिका ४ बस्ने २१ बर्षिय रोशन बराईली रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रकाश सिंहले जानकारी दिनुभयो ।

घाईतेहरुको बर्दिवास स्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भैरहेको छ । कुटपिटबाट घाईते भएका घाईतेलाई बर्दिवास नगरपालिका ३ पाटुबाट लिएर उपचारको लागि बर्दिवास तर्फ आउँदै गरेको एम्वुलेन्स दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बर्दिवास प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button