तपाईँ सुन्दै हुनुहुन्छः

‘समाजवादी शासन व्यवस्था स्थापनाका लागि निरन्तर प्रयत्नशील’

केशव ढुंगाना । नेपाल काम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा समाजवादी शासन व्यवस्था स्थापनाका लागि निरन्तर प्रयत्नशील रहने बताउनुभएको छ ।

डीपी ढकालद्वारा लिखित ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिको विकासक्रम’ पुस्तकको आज काठमाडौमा विमोचन गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफ्नै जीवनकालमा नेपालबाट समाजवादी शासन व्यवस्थाकोे नयाँ नमुना प्रस्तुत गर्ने ईच्छा रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलन सफलता वा विफलताको ऐतिहासिक अग्नी परीक्षामा रहेको बताउनुभयो ।

कार्यक्रममा सिंचाई, जलश्रोत तथा उर्जा मन्त्री वर्षमान पुनले सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि आवश्यक संरचनाहरूको निर्माण गर्न प्रयत्नशील रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button