२०७८ साल असोज ३१ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

कसैको चाहाना र सपनाले सरकार परिर्वतन हुँदैन : मन्त्री अर्याल

कला राना २०७६ भदौ २१ गते १५:५०

स्याङ्जा –  भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कसैले चाँहदैमा सरकार परिर्वतन नहुँने बताउनु भएको छ । स्याङ्जाको गल्याङ उद्योग वाणिज्य संघको प्रथम साधारण सभा तथा अधिवेशनको उद्दघाटन गर्दै मन्त्री अर्यालले सरकार परिर्वतन हुने दिवा सपना नदेख्न आग्रह गर्नु भएको हो ।

मन्त्री अर्यालले केही समय अघिको चितवन घटना तथा प्रतिपक्षीलाई इंकित गर्दै स्थिर सरकार जनताको चाहनाले बनेको बताउनु भएको हो । मन्त्री अर्यालले भन्नुभयो, “यहाँ कुनै ईष्यू नभएपछि झिना मसिना कुरालाई उचाल्ने प्रयास गरिएको छ । यस्ता मसिना कुरामा सरकार अल्झने छैन् ।” तथ्यहिन विषयलाई अतिरञ्जित गर्न खोजिएको भन्दै सरकार सुखी नेपाली समृद्ध नेपालको परिकल्पना पुरा गर्न केन्द्रित भईरहेको मन्त्री अर्यालको भनाई ।

मुलुकमा स्थिर संघिय सरकार आएसंगै जनताले राहत महशुस गरेको भन्दै मन्त्री अर्यालले भन्नुभयो, “विकासका लागि सबै मिल्नुको विकल्प छैन् । विकास सबैको साझा मद्दा हो । विकास र समृद्धिमा राजनिति नगरौँ ।” सरकारले धेरै नमुना कार्यहरु ल्याएको परिर्वतन नै भएन भन्नेहरुका लागि प्रत्येक पालिकामा गएर जनतालाई सोध्न मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

सम्बन्धित