तपाईँ सुन्दै हुनुहुन्छः

असहाय संरक्षण मञ्चको अगुवाईमा वर्षौ पुराना फोहर नालाको सफाई

जनकपुरधाम – जनकपुरधामको मुटुमा रहेको रामानन्द चौकमा रहेको फोहर नालाको असहाय संरक्षण मञ्चको अगुवाईमा आज सरसफाई गर्ने कामकाज सम्पन्न भएको छ ।

मञ्चका अध्यक्ष वैद्यनाथ साहको अगुवाईमा भएको सरसफाईमा वर्षौ पुराना फोहरहरु नालावाट निकालेर सरसफाई गरिएको छ । सामाजिक सञ्जालमा वर्षौ पुराना फोहरहरु देखिएपछि सरसफाई गर्ने निधोमा पुगेर सरसफाई गरेको साहले बताउनुभयो ।

सफाई कार्यक्रममा अभियानी दिपक ठाकुर, प्रभु दयाल जलान, जनकपुरधाम उपमहानगरपालिकाका सफाई कर्मचारी, स्थानीय बाँसी पनि सहभागि भएर सफाई गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button