तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य राज्यमन्त्री आफै बृद्धाहरुको स्वास्थ्य परीक्षण गरे

जनकपुरधाम-  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले आफै जनकपुरधामको वडा नंं ८ मा रहेको जानकी बृद्धाश्रमका आमाहरुको स्वास्थ्य परीक्षण गर्नु भएको छ ।

राज्यमन्त्री यादवले व्युटिसियन एसोसिएसन  धनुषाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमको उद्घाछन गर्दै आमाहरुको स्वास्थ्य परीक्षण गर्दै समयमा खानपिन , उठबस सामान्य प्रणयाम गर्नु पर्ने सुझाव पनि दिनुभयो ।

उहाले जानकी बृद्धाश्रममा रहेका अधिकांश ज्येष्ठ आमाहरुमा स्वास प्रश्वासजस्ता समस्या बढी मात्रामा देखिएको बताउदै आमाहरुको लागि नि:शुल्क उपचार तथा औषधिको व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

राज्यमन्त्री यादवले जानकी बृद्धाश्रमको अन्य समस्याहरुको बारेमा जानकारी लिदै आश्रम वरपर पानी जम्न नदिन त्यसमा पनि सफा पानीको श्रोतहरु छोपेर राख्नका लागि आश्रमका सञ्चालनकसंग आग्रह पनि गर्नुभयो ।

व्युटिसियन एसोसिएसनका अध्यक्ष शिल्पा महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । हाल जानकी बृद्धाश्रममा सन्तान नभएका र सन्तान भएपनि घरमा प्रताडित भएका १६ जना आमाहरुले आश्रय लिई राख्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button