पानीमा डुबेर अछाममा दुई बालककाे मृत्यु
अछाम– पाैडी खेल्ने क्रममा खाेलामा डुबेर अछाममा दुई बालककाे ज्यान गएकाे छ । जिल्लाकाे मंगलसैन नगरपालिका वडा नम्बर ७ का जाेगी बादीका १३ बर्षका छाेरा ललित बादी र मने दमाईका छाेरा बर्ष १२ का युकेश दमाईकाे खाेलामा डुबेर ज्यान गएकाे हाे ।
आज बिहान बाख्रा चराउन गोठालो गएका उनिहरुकाे साेही वडाकाे पुछाडी खाेलामा पाैडी खेल्ने क्रममा डुबेर दिउँसाे करिब साढे १ बजेतिर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । मृतक बालक पानीमा डुबेकाे अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक कलेन्द्र बिक्रम शाहीले बताउनुभयो ।
प्रहरी टोली र स्थानियले शब खाेजी गरी पाेष्टमार्टमका लागि जिल्ला अस्पताल अछाममा पुर्याएका छन् ।
प्रतिक्रिया राख्नुहोस्