तपाईँ सुन्दै हुनुहुन्छः

ट्रक दुर्घटनामा एकजनाको मृत्यु, दुई घाईते, एक बेपत्ता

इलाम  – इलामको रोङ गाउँपालिकामा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको घटनास्थल मै ज्यान गएको छ । अन्य दुईजना घाईते छन् भने ट्रकमा रहेका एकजना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का २५ बर्षिय रविन नेपाल रहेका छन् । सोही ठाउँका नरेश खड्का र रमेश चौहान घाइते भएका छन् । उनीहरुको झापाको अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकमा सवार रहेका झापा दमक ५ बस्ने ४० वर्षिय ध्रुब कार्की भने बेपत्ता भएका छन् । उनको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

रोङ गाउँपालिकाको सिस्ने भन्ने स्थानमा शिरीसेबाट जुरेतर्फ बाँस बोकेर जाँदै गरेका मे १ ख २२५६ नम्बरको ट्रक दुर्घटनामा परेको हो । शुक्रबार बेलुका करीब ७ बजेको समयमा ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button