तपाईँ सुन्दै हुनुहुन्छः

आज हलिया मुक्तीको १२ बर्ष

धनगढी – सुदुरपश्चिम प्रदेशमा आज सरकारी तथा सरोकारवाला निकायको सहभागितामा १२औ मुक्त हलिया दिवस मनाइरहेको छ ।

सरकारले २०६५ भाद्र २१ गते साहुको घरमा बर्षाैदेखि हलियाको काम गर्दै आएका परिवारलाई हलिया मुक्त घोषणा गरेको थियो । तथापी हलिया मुक्त घोषणा भएको १२ बर्ष पुग्दा समेत सवै मुक्त हलिया परिवारको अझै पूर्नस्थापन हुन सकेको छैन ।

सरकारी तथा गैरसरकारी निकायको तथाक अनुसार ६ हजार बढी मुक्त हलियाको पूर्नस्थापन गर्न बाँकी छ । मुक्त घोषणा भएको एक दशक बिते पनि अझँैसम्म आफूहरुको पूर्नस्थापन नहुँदा सरकारी सेवा सुविधादेखि शिक्षा–दिक्षा पाउन समस्या भोग्नु परेको मुक्त हलियाको भनाई छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button