काठमाडौं। आजदेखि दूधको भाउ बढेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य आजदेखि लागू भएको हो।
अब एक लिटर दूधको मूल्य ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान डीडीसीले जनाएको छ।
बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउने छन्।