तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय फुटबल टिम स्वदेश फर्कदै

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि एसिया छनोटको दोस्रो चरण अन्तर्गत कुवेतसँगको खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली (शनिबार) स्वदेश फर्कने भएको छ । कुवेतसँग उसैको मैदानमा पहिलो खेल खेलेको नेपाली टोली भोली बिहान नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली टोली भोली बिहान सांढे आठ बजेतिर नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।

गएराति भएको छनोटको पहिलो खेलमा नेपालले खराब प्रदर्शन गरेको थियो । कुवेतसँगको पहिलो खेलमा नेपाल ७–० ले पराजित भएको थियो । छनोटको समूह ’बी’ रहेको नेपाली टोली एक दिन नेपालमा आराम गरेर फेरि छनोटको दोस्रो खेल खेल्न चाइनिज ताईपे जानेछ । नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button